सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै वाटर इनर्जी सोलुसन
६ माघ, काठमाडौं। वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको निष्काशनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले माघ २७ गते भक्तपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ सभा बोलाएको छ । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको पूँजी बढाउने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:११









