पाल्पा २ मा एमालेबाट रामबहादुर राउत र ठाकुर गैरेले पाए टिकट
६ माघ, काठमाडौँ । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा रामबहादुर राउत र ठाकुर गैरेलाई टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको टिकट नै दुबै जनाले पाउनुभएको छ ।

यसअघि पार्टी उपाध्यक्ष विष्णु पौडेलले टिकट पाउनुभएको थियो । त्यसपछि राउतले पाउनुभएको टिकट उम्मेदवारी दर्ताको समयमा पुनः गैरेले प्राप्त गर्नुभएको छ ।
एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीले गैरेको टिकट नै अन्तिम भएकोले उहाँले उम्मेदवारी दर्ता गर्ने जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०९:५७









