६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

गगन थापाले छाडे काठमाडाैँ, सर्लाही ४ बाट उम्मेदवारी दिने

६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँ छाड्ने निश्चित भएको छ । उहाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सर्लाही ४ बाट उम्मेदवारी दिने निर्णय गर्नुभएको छ । उहाँ सर्लाही जाने कुरा महामन्त्री प्रदीप पाैडेलले पनि पुष्टि गर्नुभएको छ ।

dainiki.com

यसअघि २०७०, २०७४ र २०७९ मा लगातार काठमाडौँ ४ बाट चुनावमा प्रतिस्पर्धा गरेर विजयी हुँदै आउनुभएको थापा यो पटक सर्लाही ४ जान लाग्नुभएको हो । यसअघि पनि उहाँ सर्लाही ४ जाने चर्चा चलेको थियो तर अन्तिम समयमा पुनः काठमाडौँ ४ बाटै उम्मेदवार बन्नुभएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०९:४४