६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

तेह्रथुममा एमालेबाट भानुभक्त ढकाल उम्मेदवार

६ माघ, तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका तर्फबाट पार्टीको केन्द्रीय सचिव भानुभक्त ढकाल उम्मेदवार हुनुभएको छ । एमाले सचिवालय बैठकको निर्णय अनुसार आज ढकालले निर्वाचन अधिकृतको करार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।

dainiki.com

पूर्वमन्त्री ढकाल यसअघि मोरङ ३ बाट दुई पटक प्रतिस्पर्धा गर्नुभएको थियो । २०७४ मा नेपाली कांग्रेसका सुनिल शर्मालाई पराजित गरेर विजयी हुनुभएको थियो भने २०७९ मा शर्मासँगै पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०८:५४