५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

गुल्मी १ मा रास्वपाबाट सागर ढकाल उम्मेदवार, प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग प्रतिस्पर्धा गर्ने

५ माघ, काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सागर ढकाल उम्मेदवार बन्ने हुनुभएको छ। ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी दिनुभएको हो ।

dainiki.com

उक्त क्षेत्रमा एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बन्नुभएको छ ।

ढकाल अघिल्लो चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लड्नुभएको थियो।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १९:१०