५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मनोनयन दर्ता गर्न प्रचण्ड रुकुम पूर्वमा

५ माघ, रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुग्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ पुग्नुभएको हो ।

अध्यक्ष दाहालले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताउनुभयो । जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १७:३३