५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

रास्वपाले आशिका तामाङलाई धादिङ – १ बाट बनायो उम्मेदवार

५ माघ, काठमाडाैँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बन्नुभएकाे छ । तामाङलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदै टिकट दिएको हो ।

तामाङलाई रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले टिकट दिनुभएकाे हाे । तामाङले यसअघि काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आउनुभएकाे थियाे ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १४:५३