भक्तपुर-२ मा रास्वपाबाट राजीव खत्री उम्मेदवार, एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा हुने
५ माघ, काठमाडाैँ । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्री उम्मेदवार बन्ने हुनुभएकाे छ ।
पूर्व पत्रकार खत्री केही समयअघि रास्वपा प्रवेश गर्नुभएकाे थियाे ।
यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार हुनुहुन्छ। याेसँगै खत्री र बस्नेतबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको हो।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १२:०८









