९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

नुवाकोट–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट हिरानाथ खतिवडा

५ माघ, काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि नुवाकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हिरानाथ खतिवडालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत खतिवडालाई पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवार मनोनयन गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको औपचारिक पत्रमार्फत नेपाली कम्युनिस्ट पार्टीले खतिवडाको नाम सिफारिस गरेको जनाएको छ।

उक्त क्षेत्रमा नेकपा एमालेले केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले डा अच्युतम लामिछानेलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : January 19, 2026 at 11:49 am