२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

राष्ट्रिय क्रिकेट टोलीलाई आफ्नै निवासमा बोलाएर प्रचण्डले यसरी दिए बधाई  

२२ माघ, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीलाई आफ्नै निवासमा बोलाएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डले  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाएकोमा गर्व लागेकाे बताएका छन् ।

अध्यक्ष प्रचण्डले ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित आफ्नै निवासमा बोलाएर शुभकामना व्यक्त गरे । प्रचण्डले देश समृद्धिको यात्रामा अघि बढेको समयमा राष्ट्रिय एकतालाई बलियाे बनाउन क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको बताए ।

राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट खेल क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार ११:३७