५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

एमाले अध्यक्ष केपी ओली झापा जाँदै

५ माघ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँने हुनुभएकाे छ । ओली आज फ्लाइटमार्फत  काठमाडौंबाट झापा जान लागेका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुने कार्यसूची रहेकोले ओली झापा जान लाग्नुभएकाे हाे ।

अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा-५ बाट चुनाव लड्दै हुनुहुन्छ । ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको उम्मेदवारमा झापा-५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उक्त क्षेत्रबाट रास्वपाले बालेन शाह उम्मेदवार बनाएकाे छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १०:३४