५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

कांग्रेस आज उम्मेदवार टुंगो लगाउँदै, सबै क्षेत्रका कार्यकर्ताले रूखमा मत दिन पाउने

५ माघ, काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रिया आज टुङ्गिने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत सेल्फी मुडको भिडियो सन्देश प्रवाह गर्दै उनले समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्न पार्टीले भरपूर प्रयास गरिरहेको जानकारी दिनुभएको हो ।

पार्टीभित्र देखिएका छलफल र निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।

“यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो,” सभापति थापाले भन्नुभएको छ, “नेपाली काँग्रेसलाई बलियो बनाउन सबैको एकता र समर्पण आवश्यक छ।”

उहाँले पार्टीका निर्णयलाई सम्मान गर्दै संगठन र लोकतान्त्रिक मूल्यको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ । उम्मेदवार छनोटका क्रममा देखिएका असन्तुष्टि स्वाभाविक भए पनि त्यसलाई चुनावी अभियानमा असर पर्न नदिन उहाँले अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०९:२९