४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

एमालेले काठमाडौँ ५ मा राप्रपाका कामल थापालाई भोट हाल्ने

४ माघ, काठमाडौँ । यसअघि मकवानपुर १ मा नेकपा एमालेको सूर्य चिन्हमा चुनाव लड्नुभएको राप्रपाका नेता कमल थापाले यसपटक एमालेको सहयोगमा हलो चिन्हमा चुनाव लड्नुहुने भएको छ ।

एमाले महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण टिकट नपाउने सूचीमा पर्नुभएको ईश्वर पोखरेलले लड्दै आउनुभएको क्षेत्र नम्बर ५ मा अहिलेसम्म ओलीले कुनै उम्मेदवारलाई पनि टिकट दिनुभएको छैन । झापा ५ मा आफ्नो लागि राप्रपाको भोट साट्नुपर्ने भएकाले देशका अन्य कम्तिमा पाँच क्षेत्रमा राप्रपासँग तालमेल गर्ने विषयमा कुराकानी भैरहेको एमाले स्रोतले जनाएको छ ।

ओलीको मिसन सफल भएमा २०७९ को चुनावमा कमल थापालाई सूर्यको झण्डा ओढाएर वस्ती डुलेजस्तो दुःख गर्नुनपरे पनि सूर्य चिन्हमा भोट हाल्न पाउनेछैनन् । एमालेका कार्यकर्ताले क्षेत्र नम्बर ५ मा होलामा मतदान गर्नुपर्ने परिस्थिति हुन्छ । कथमकदाचित राप्रपा र एमालेको बीचमा चुनावी तालमेल हुन नसकेको खण्डमा काठमाडाैँ ५ मा एमालेले कमजोर उम्मेदवार मैदानमा पठाउने विषयमा भद्र सहमति भएको बुझिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २२:२६