९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एमाले महासचिव पोखरेल दाङ–२ बाट चुनाव लड्ने

४ पुस, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाटै निर्वाचन लड्ने हुनुभएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पोखरेललाई उम्मेदवार बनाएको औपचारिक पत्र दिएका हुन्। यसअघि एमालेले दाङ–२ बाट महासचिव पोखरेलको नाम एकल सिफारिस गरेको थियो।

यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो। २०७९ सालको निर्वाचनमा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित हुनुभएकाे थियाे ।

शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८१ मत पाउनुभएकाे थियाे ।

प्रकाशित मिति : January 18, 2026 at 9:04 pm