४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

हर्क साम्पाङले दिए मेयरबाट राजीनामा

४ माघ, विराटनगर । धरानका मेयर हर्कराज राईले पदबाट राजीनामा दिनुभएकाे छ ।

साम्पाङले आज उपप्रमुख आइन्द्रविक्रम बेघा समक्ष राजीनामा पत्र बुझाउनु भएकाे हाे । साम्पाङले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताउनुभएकाे छ ।

साम्पाङ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २०:२८