४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

एमालेले एकमात्र दलित उम्मेदवार र सुदुरपश्चिमको एकमात्र महिला उम्मेदवारको टिकट खोस्यो

४ माघ, काठमाडौँ । नेकपा एमालेले प्रत्यक्षतर्फका एकमात्र दलित उम्मेदवार अफिलाल अखेडाको टिकट खोसेको छ । पार्टीको सचिवालय बैठकले बझाङमा चुनाव लड्नका लागि टिकट दिने निर्णय गरेको अफिलालको टिकट अध्यक्ष केपी शर्मा ओलीले खोसेर ऐन महरलाई दिनुभएको हो ।

संविधानसभा सदस्य अखेडासँग कुनै सल्लाह समेत नगरी टिकट खोसिएको उहाँले नै जानकारी दिनुभएको छ । महर यसअघि बझाङबाटै चुनाव लडेर एक हजार भन्दा कम मतान्तरमा पराजित हुनुभएको थियो ।

यस्तै ओलीले सुदुरपश्चिमबाट प्रत्यक्षमा टिकट प्राप्त गर्नुभएको एकमात्र महिला उम्मेदवार कमला बोहोराको पनि टिकट खोसिएको छ । अध्यक्ष ओलीले सचिवालय बैठकको निर्णय विपरित कन्चनपुर-१ मा कमला बोहराको नाम काटेर तारा लामालाई टिकट दिनुभएको छ ।

 

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २०:४८