एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने
४ माघ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही- २ बाटै चुनाव लड्ने हुनुभएको छ ।
यसअघि शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर पार्टीभित्र चर्को आलोचना भएपछि पौडेलको क्षेत्र फेरिएको हो।
प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:२२









