४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

कांग्रेसको देउवा समूहको निवेदन निर्वाचन आयोगमा दर्ता

४ माघ, काठमाडौँ । निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्ने नेपाली कांग्रेसको देउवा समूहको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको निर्णयकाविरूद्धमा देउवा समूह सर्वोच्च अदालतमा रिट लिएर गएकाले उक्त रिटको सुनुवाइ नहुँदासम्म सबै कार्यक्रम स्थगित गर्न माग गर्दै आयोगमा निवेदन परेको हो । देउवा समूहका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निवेदनमा हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १७:४०