प्रदीप पौडेल र गुरुराज घिमिरेको कांग्रेस महामन्त्री पद धरापमा
४ माघ, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको प्रदीप पौडेल र गुरुराज घिमिरेको पद धरापमा परेको छ । दाङको बबई गाउँपालिका-७ घर भएका राजकुमार डाँगीले कांग्रेसको विधान विपरित पौडेल र घिमिरे महामन्त्री भएको भन्दै खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
डाँगीले दिएको निवेदनमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधानको धारा ५९ बमोजिम विधान उल्लंघन गरिएको उक्त धाराअनुसार निर्वाचित भएका व्यक्तिको पद खारेज गरी पाउँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका व्यक्तिहरू क्रमश प्रदीप पौडेल र गुरुराज घिमिरे यसभन्दा अघिको १४औं महाधिवेशनमा क्रमश महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भएको हुँदा दुवै जना व्यक्ति १५औं महाधिवेशनभन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था नेपाली कांग्रेसको विधानमा स्पष्ट भएको ।’

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १६:३५









