३१ अंकले बढ्यो शेयर बजार, ८ अर्ब ४० करोडको कारोबार
४ माघ, काठमाडाैँ । आज सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६ सय ७२ दशमलव ५५ बिन्दुमा रोकिएको छ ।
आज कुल ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरूमध्ये २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
उपसमूहतर्फ आज सबै क्षेत्रमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.७३ प्रतिशत र विकास बैंक समूह ३.०३ प्रतिशतले बढेका छन् । यस्तै, उत्पादन तथा प्रशोधन समूह २.४२ प्रतिशत र होटल तथा पर्यटन समूह २.०२ प्रतिशतले वृद्धि भएका छन् ।
आज चार वटा कम्पनीहरू सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेसन र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स ५३ करोड १६ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १६:०७









