९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

झापा–४ मा एमालेकाे उम्मेदवार फेरियाे, ताम्ली हटाएर साँवालाई उम्मेदवार बनाइँदै

४ माघ, काठमाडाैँ । नेकपा एमालेले झापा–४ मा उम्मेदवार फेरेको छ।

एमाले सचिवालयकाे शनिबार बसेको बैठकले झापा–४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आज परिवर्तन गरेर एलपी साँवा लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको एक सचिवालय सदस्यले बताए।

साँवाले उक्त क्षेत्रबाट लगातार २ पटक चुनाव जितिसक्नु भएकाे छ । उहाँले २०७४ र २०७९ मा लगातार २ पटक सोही क्षेत्रबाट चुनाव जित्नुभएकाे थियाे ।

प्रकाशित मिति : January 18, 2026 at 4:00 pm