सुदन गुरुङ रास्वपा प्रवेश गर्दै
४ माघ, काठमाडौँ । सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने हुनुभएक छ ।
गुरूङले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराउनुभएकाे छ ।
बालेन शाहसँगै रास्वपा कार्यालय पुग्न लागेको उहाँले जानकारी दिनुभयाे । गुरूङले लेख्नुभएकाे छ, ‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो,’ ।
प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १५:४६









