१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

गगन थापाविरूद्धको आन्दोलनमा एमालेको ऐक्यवद्धता

४ माघ, काठमाडाैँ । नेकपा (एमाले)को नेता सुजिता शाक्यले गगन थापा नेतृत्वको कांग्रेस अस्वीकार गर्ने बताउनुभएको छ। महासचिव शंकर पोखरेल पत्नी समेत रहनुभएको उहाँले आइतबार शेरबहादुर देउवा पक्षले माइतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउँदै उनले देउवा नै कांग्रेसको आधिकारिक सभापति भएको दाबी गर्नुभएको छ ।

उहाँले फेसबुकमा भन्नुभएको छ, ‘लोकतन्त्रको धज्जी उडाउँदै निर्वाचन आयोगका निर्वाचन आयुक्तले गरेको अन्यायपूर्ण र असंवैधानिक निर्णयको विरोधमा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा पक्षले गरेको विरोध र्‍यालीलाई सफलताको शुभकामनासहित ऐक्यवद्धता छ।’

प्रकाशित मिति : January 18, 2026 at 4:57 pm