४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

होटल फरेष्ट इनको प्राथमिक सेयर (आइपिओ) निष्कासन

४ माघ, काठमाडाैँ । धितो पत्र बोर्डबाट अनुमति पाएसँगै होटल फरेष्ट इन लिमिटेडले आइतबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ।

होटल फरेष्ट इनले पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने होटल फरेष्ट इनले जनाएको छ ।

आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सकिने जनाइएको छ ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १४:१६