४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

पूर्णबहादुरको कांग्रेस फिर्ता पाउनुपर्ने रिटमा आज सुनुवाइ नहुने

४ माघ, काठमाडौँ । नेपाली कांग्रेस पार्टी गगन थापाबाट फिर्ता माग्दै सर्वोच्चमा रिट दायर गर्न जानुभएको पूर्णबहादुर खड्का लगायतको रिटमा आज सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालत नियमावली अनुसार रिट दर्ता भएकै दिन सुनुवाइ गर्न नमिल्ने भएकाले खड्काको मागमा सुनुवाइ नहुने भएको हो ।

नेपाली कांग्रेसका नेता खड्कासहितले निर्वाचन आयोगको निर्णयले आफूहरू अन्यायमा परेको भन्दै आयोगका विरूद्धमा रिट बोकेर अदालत जानुभएको थियो । सर्वोच्चका मुख्य रजिष्टार विमल पौडेलले मिलापत्र र मुद्दा फिर्ताबाहेकमा आजको आजै कारबाही नहुने बताएपछि खड्कासहित कांग्रेस नेता असिनपसिन हुँदै अदालतबाट फर्किने तयारीमा छन ।

dainiki.com

यही माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । खड्का लगायतले उम्मेदवारी दर्ता प्रभावित गराउने उद्देश्यले लगेको रिटमा सुनुवाइ नहुने भएपछि निराश देखिनुभएको छ । सोमबार ल्होसारको विदा रहेको छ भने मंगलबार एकल इजलाशमा रिटको सुनुवाइ हुने र विषय गम्भीर रहेकाले अन्तरिम आदेश जारी हुन नसक्ने कानुनका जानकारहरू बताउँछन ।

 

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १२:३४