४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

स्थानीय सरकारका जनप्रतिनिधिको प्रतिनिधिसभा उम्मेदवारीमा विद्या भट्टराईको प्रश्न

४ माघ, काठमाडौँ । पूर्व शिक्षामन्त्री विद्या भट्टराईले स्थानीय सरकारका जनप्रतिनिधिको प्रतिनिधिसभा उम्मेदवारीमा गम्भीर प्रश्न गर्नुभएको छ । आईतबार फेसबुक मार्फत उहाँले पाँच वर्षका लागि कार्यकाल सुरक्षित भएकाहरूले राजीनामा दिएर उम्मेदवार बन्नु गलत भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘प्रतिनिधि सभाका सदस्यहरूले त पाँच बर्षका लागि शपथ लिए पनि कार्यकाल पुरा गर्न पाएनन् । स्थानिय तह त पाँच बर्षका लागि सुरक्षित छ नि, तरपनि आफ्नो कार्यकाल पुरा नहुदै धमाधम राजिनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मुल्य, विधि र मान्यता विपरीत होइन र ? लोकतन्त्र नारा मात्र होइन व्यबहार पनि हो र त्यो व्यबहार आफैबाट प्रस्तुत गर्नुपर्दछ भन्ने सोच सबैले विकास गरौ ।’

dainiki.com

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १२:११