नुवाकोट २ मा रास्वपाबाट डा अच्युतम लामिछाने
४ माघ, नुवाकोट । नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा अच्युतम लामिछाने उम्मेदवार हुनुहुने भएको छ । रास्वपा बागमती प्रदेश सभापति समेत रहुनभएको लामिछाने पार्टीको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँले नुवाकोट २ बाट चुनाव लड्ने इच्छा व्यक्त गर्नुभएको छ ।

लामिछानेले इच्छा व्यक्त गरेपछि नुवाकोट २ बाट उहाँनै उम्मेदवार हुने विषय रास्वपा उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएको बागमती प्रदेशका सचिव सुरेन्द्र भट्टले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
नुवाकोट २ मा यसअघि प्रतिस्पर्धा गर्नुभएको सुमन पाण्डे र पत्रकार समेत रहनुभएको व्यवसायी दिनेश आचार्य समेत आकांक्षी हुनुहुनेछ । यस्तै रास्वपाले नुवाकोट १ मा डा विक्रम तिमल्सिनालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । यद्यपी निर्णय बाँकी रहेका दुबै क्षेत्रमा नयाँ उम्मेदवारले टिकट पाउन पनि सक्नेछन ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार ०८:१९









