३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

… नत्र जीवनभर पछुतोमा जिउनुपर्ने छ

केदारप्रसाद खतिवडा 

च्यातिएका सपनाहरू फेरि एकपटक सिउनुपर्ने छ
अन्धकार चिरेर उज्यालो बिहानी ल्याउनुपर्ने छ ।

अर्काको विरोध गर्दैमा सत्तामा पुगिन्छ भन्ठान्नेलाई
शासन के हो सरकार के हो राम्ररी सिकाउनुपर्ने छ ।

जनताको अपार मत पाएर तिमीले के गरेउ नवराजा
फेरि मत माग्नु अघि तिमीले यो कालकुट पिउनुपर्ने छ ।

वडा निर्वाचित हुन जीवन बिताउनेहरू जिउँदै छन
तिमीलाई त वर्ष दिनमै संसददेखि मन्त्री भ्याउनुपर्ने छ ।

जनता यो अन्तिम परीक्षा धेरै गमेर दिनु ल
नत्र जीवनभर पछुतोमा जिउनुपर्ने छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार २०:०५