३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

किसानमारा वीरेन्द्रकुमारलाई एमालेको‘रेड कार्पेट’, कपिलवस्तु ३ मा उम्मेदवार बन्ने

३ माघ, काठमाडौँ । किसानमारा उद्योगीको पहिचान बनाउनुभएको वीरेन्द्रकुमार कनोडियालाई एमालेले ‘रेड कार्पेट’मा स्वागत गरेको छ । वर्षौदेखि उखु किसानको करोडौँ रकम भुक्तानी नगरी ठगी गरेका कनोडियालाई शनिबार एमाले मुख्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

ओलीले किसानमारा उद्योगीको पहिचान बनाउनुभएको कनोडियालाई लगत्तै कपिलवस्तु ३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनाउन टिकट पनि दिएको बताइएको छ ।

कनोडिया नेपाली कांग्रेसको नेता हुनुहुन्छ । उहाँले शनिबार नै कांग्रेस परित्याग गरेर एमाले प्रवेश गर्ने निर्णय गरेपछि ओलीले स्वागत गर्दै टिकट समेत दिनुभएको हो । एमाले प्रवेश गर्नुअघि एमाले नेता कपिलवस्तु १ का पूर्व सांसद बलराम अधिकारीसहितले कनोडियासँग लनखेलको नेचर रिभाइभ रेष्टुेन्टमा बसेर लामो छलफल गर्नुभएको थियो ।

कडोनिया कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नकै लागि सिफारिस हुनुभएको थियो । उखु किसानको पैसा नतिर्ने तर पार्टी फेरेर भए पनि कानुनको आँखा छलिरहने प्रवृतिमा कनोडियासहितका केही नेता रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

उखु किसानको २१ करोड नतिर्ने व्यापारी वीरेन्द्र कनोडिया कांग्रेस संसदीय दलको उपनेता

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार १८:४५