देउवा गुट फेरि फुट्यो, शेखर गुट बाहिरियो
३ माघ, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि पनि कांग्रेसकै नाममा गुट सञ्चालन गरिरहनुभएको पूर्व सभापति शेरबहादुर देउवाको गुट विभाजित बनेको छ ।
निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि वरिष्ठ नेता शेखर कोइरालाले नेतृत्व गरिरहनुभएको गुट बाहिरिएको छ । देउवा गुटले बोलाएको बैठकमा शेखर गुटका नेताहरू सहभागी नहुने भएका छन । उनीहरू बालुवाटारमा छुट्टै भेला गरिरहेका छन ।
देउवा गुटको भेला केन्द्रीय समितिको नाममा सानेपामा बोलाईएको छ । देउवालाई अभिभावक बनाएर पूर्णबहादुर खड्काको सभापतित्वमा नयाँ दल दर्ता गर्ने तयारी छ । उनीहरूले आन्दोलन र दल दर्ताको तयारी सँगै अघि बढाउने तयारी गरेका छन ।
प्रकाशित मिति : ३ माघ २०८२, शनिबार ११:०१









