९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

निर्वाचन आयोगको निर्णय षडयन्त्रपूर्ण छ, हामी मान्दैनौं : पूर्णबहादुर खड्का

२ माघ, काठमाडाैँ । निर्वाचन आयोगले गगन थापालाई नेपाली कांग्रेसको सभापतिको मान्यता दिने निर्णय षड्यन्त्रपूर्वक गरिएको भन्दै शेरबहादुर देउवा पक्षले अस्वीकार गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अस्वीकार गर्ने चेतावनी दिनुभएकाे हाे ।

निर्वाचन आयोग परिसरमा शुक्रबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खड्काले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे, ‘१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिलाई एक पटक पनि सम्पर्क नगरीकन निर्वाचन आयोगले गरेको यो निर्णय प्रक्रियागतरुपमा पनि त्रुटीपूर्ण छ। यो निर्णय षडयन्त्रपूर्ण छ, यसविरुद्ध हामी कानुनी लडाइँ लड्छौँ।’

निर्वाचन आयोगले आजै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ। निर्वाचन आयोग परिसरमा भेला भएका देउवा पक्षका कार्यकर्ताहरूले आयोग र सरकारविरुद्ध नाराबाजी गरेका छन्।

प्रकाशित मिति : January 16, 2026 at 8:30 pm