१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा

२ पुस, काठमाडाैँ । ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले माघ २ गते शुक्रबार ५० औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।

सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएकाे छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले ५० औं संस्करणकाे यात्रामा आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयाे । उक्त कार्यक्रममा साथ दिने र सहभागी हुने सम्पूर्ण उद्यमीहरुलाई रेग्मीले धन्यबादसमेत दिनुभएकाे छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १३:२४