कांग्रेस दाबी गर्दै शेरबहादुर देउवाका प्रतिनिधिहरू निर्वाचन आयोगमा
२ माघ, काठमाडौँ । नेपाली कांग्रेस हाम्रो हो भन्ने दाबीसहित सभापति शेरबहादुर देउवाका प्रतिनिधिहरू निर्वाचन आयोगमा पुगेका छन । उनीहरूले विशेष महाधिवेशन अवैध भएको र महाधिवेशनले सभापति चुनेको गगन थापा कांग्रेसको कारबाहीमा परेको दाबी गरेका छन ।
देउवाको प्रतिनिधि बनेर गएका पूर्णबहादुर खड्का र शेखर कोइरालाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी शुक्रबार निर्वाचन आयोगमा उपस्थित भएर गर्नुभएको छ ।

खड्काले भन्नुभयो, ‘ती हस्ताक्षरकर्ता मध्ये, सहभागी मध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर कर्णालीका सबै हस्ताक्षरकर्ताहरूले भेलाभन्दा पहिलेको र भेलाभन्दा पछिको मुख्यसचिवको हस्ताक्षरसहित हामी बुझाउन चाहन्छौँ।’
यअघसि पुसको २७ देखि ३० सम्म सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकको लागि बिहीबार निवेदन दिएको थियो ।

प्रकाशित मिति : January 16, 2026 at 11:39 am









