कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता समय थपियो
२९ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ताको समय थपिएको छ ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन दर्ताको समय थपेको हो । अब साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।
यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै छ ।
प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १६:३९









