२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, झण्डै ७ अर्बको कारोबार

२९ पुस, काठमाडाैँ । मंगलबार सेयर परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४५४.८६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज करिब ७ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १५:२१