२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

निगालो होटलले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

२९ पुस, काठमाडौँ । निगालो होटल लिमिटेडले साधारण सेयर ९आईपीओ० जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको हो । निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षरगर्नुभएको छ ।

नगरकोट रहेको चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो । परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायत सुविधा रहनेछन् ।

करिब १ अर्ब रुपैयाँ लगानी रहने उक्त होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने जानकारी पनि कम्पनीले दिएको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १४:३१