२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाली क्रिकेट टोलीकाे विमानस्थलमा भव्य स्वागत, विजेतालाई जनही ५ लाख दिन सिफारिस

२१ माघ, काठमाडौँ । यूएईविरुद्धको एकदिवसीय तथा टी-२० सिरिज विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली सोमवार अपराह्न स्वदेश फिर्ता भएको हो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।खेलाडीलाई स्वागत गर्न राखेपका सदस्य सचिव केशव विष्टसहित विमानस्थलमा पुगेका थिए ।

त्यसक्रममा सदस्य सचिव विष्टले सिरिज विजेता नेपाली टोलीका सदस्यलाई जनही ५ लाख दिन सरकारलाई सिफारिस गर्ने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १७:२९