नुवाकोटका विजयसिंह लोप्चनसहित एमालेका पाँच उम्मेदवारले लिए नाम फिर्ता
२८ पुस, काठमाडौँ । नुवाकोटका विजयसिंह लोप्चनसहित नेकपा (एमाले)का पाँच उम्मेदवारले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन ।

निर्वाचन आयोगका अनुसार एमालेबाट ५ जना उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन । आदिवासी जनजातितर्फ रहनुभएको लोप्चनसहित खस आर्यतर्फ ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजातितर्फका हिरुसरा राना र मधेशीतर्फ अंशु सिंह रहनुभएको छ ।
प्रकाशित मिति : २८ पुष २०८२, सोमबार २०:२४









