२८ पुष २०८२, सोमबार | Tue Jan 13 2026

गगन र विश्वप्रकाशलाई कारबाही गर्न देउवाले बोलाएर केन्द्रीय समितिको बैठक

२८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । मंगलबार बिहान ११ बजे बस्नेगरी देउवाले बैठक बोलाउनुभएको छ ।

पार्टी कार्यालय सानेमा बस्ने गरी बोलाइएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति मार्फत जानकारी दपनुभएको छ ।

बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारबाही गर्नेछ । देउवासहितको समूहले विशेष महाधिवेशन अवैध भन्दै आइरहेकोमा मंगलबार केन्द्रीय समितिको बहुमतबाट विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई कारबाही गर्न लागिएको स्रोतले जनाएको छ ।

यता विशेष महाधिवेशन सोमबार दोस्रो दिन पनि भव्य रूपमा जारी छ । ६३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिसहभागी भएको बन्द सत्रले सोमबार नै देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पारित गरिसकेको छ । जसका कारण विशेष महाधिवेशनमा सहभागी हुनेहरू देउवाले बोलाएको केन्द्रीय कमिटी बैठकमा जानेछैनन् ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १९:५०