२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

सामान्य अंकले घट्याे सेयर बजार, काराेबार रकम साढे ६ अर्ब नजिक

२८ पुस, काठमाडाैँ । साेमबार सेयर बजारमा सामान्य गिरावट आएकाे छ । आज ५.५४ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक २६ सय ३५ बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लाे काराेबार दिन गत बिहिबार ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज विकास बैंक, हाेटल तथा पर्यटन, युच्युअल फण्डकाे सेयर बढेकाेमा स्वाधिक उत्पादन तथा प्रशाेधन समुहकाे सेयर १.०२ प्रतिशत बढेकाे छ । यस्तै बाँकी सबै समुहकाे सेयर घटेकाेमा व्यापार समुह सर्वाधिक १.१६ प्रतिशत घटेकाे छ ।

आज ७५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७८ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ७ कम्पनीकाे सेयर मूल्य स्थिर छ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १५:१२