राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्न सिफारिस
२८ पुस, काठमाडाैँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्काे सोमबार बसेको बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १५:०१









