२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

ढुक्क हुनुस्, पार्टी फुट्दैन : नेता डा कोइराला

२८ पुसः काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज आफूनिकट पार्टीका पदाधिकारी, जिल्ला समिति र कानुन विज्ञसँगको छलफलमा उहाँले पार्टीलाई विभाजनबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिनुभयो ।

“म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा विभाजन दिनु हुन्न भनेर कुरा गरिहेको छु, “तपाइंहरू ढुक्क हुनुस्, पार्टी विभाजन, तपाईंहरु पनि त्यसैमा लाग्नुस्, निरास हुने कामै छैन”, उहाँले भन्नुभयो ।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, वरिष्ठ अधिबक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १३:२३