रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
२६ पुस, काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएकाे छ ।
शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो उम्मेदवारीबारे घोषणा गर्नुभएकाे हाे । ‘हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,’ सभामा प्रचण्डले भन्नुभयाे ।
गोरखा, नुवाकोटदेखि महोत्तरीसम्मबाट नाम सिफारिश भए पनि अन्तिममा प्रचण्डले सबैभन्दा सुरक्षित मानिएको रुकुम पूर्व रोज्नुभएकाे हाे ।
३ वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्व अहिले पनि नेकपा (तत्कालीन माओवादी)को आधार क्षेत्र मानिन्छ ।
प्रकाशित मिति : २६ पुष २०८२, शनिबार १८:३२








