गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
२५ पुस, काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ । सामाजिक सञ्जालमार्फत गुरुङले आफ्नो उम्मेदवारीको उद्घोष गर्नुभएकाे हाे। कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उहाँले भन्नुभएकाे छ, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’
प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १७:५९








