९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

होटल गरिमाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

२५ पुस, काठमाडौँ । पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे हो ।

उक्त शेयर निष्काशनका लागि होटल गरिमा लिमिटेडको तर्फवाट प्रबन्ध संचालक बिनोद पौडेल तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरमा द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ ।

प्रकाशित मिति : January 9, 2026 at 5:33 pm