२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

नेप्सेमा ३ अर्ब २४ करोडको बोनस सेयर सूचिकृत

२५ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब बढीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा  आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेप्सेमा ३ अर्ब २४ करोड बराबरको बोनस सेयर सूचिकृत भएकाे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोदेशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ ।

साे अवधिमा नेप्सेमा २१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, ७ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएकाे छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १७:०२