२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

२५ पुस, काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा बिहीबार वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १२:११