लाभांश प्रस्ताव पारित गर्दै सन नेपाल लाइफको साधारण सभा सम्पन्न
२५ पुस, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज पुस २५ गते आठौं र नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १५.२६३२ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस सेयर गरी कुल २१.२६३२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।
साथै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, एकल तथा एकीकृत वासलात, नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचीहरू सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ।
प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १२:००








