प्रिमियर डिस्टिलरीले आईपीओ निष्कासन गर्ने
२५ पुस, काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ११ गते काठमाडाैंकाे थापाथलीमा रहेको एसजी टावरमा दिउँसो ३ बजे सभा बाेलाएकाे छ ।
सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, यससम्बन्धी थप कुनै कार्य गर्नु परे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १०:२०








