सालपा विकास बैंकको आईपीओ बाँडफाँड, ९ जनाले पाए ११ कित्ता
२५ पुस, काठमाडाैं । सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेकाे हाे ।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्काशन गरेको थियो। सो अवधिमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ जनाकाे आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएकाे छ ।
आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेकाे ९ कित्ता ९ जना आवेदकले थप १ कित्ता अर्थात ११ कित्ताका दरले प्राप्त गरेका छन्।
प्रकाशित मिति : January 9, 2026 at 10:09 am









